मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी
काठमाडाैं | असोज ८, २०८२
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार बुधबार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको हो ।
सरकारले फागुन २१ गते चुनावको घोषणा गरेसँगै नयाँ मतदाताको नाम सङ्कलनको बाटो खुला गर्न मतदाता नमावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको थियो ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आयोगले नयाँ मतदाता सङ्कलनका लागि कार्ययोजना बनाएर लागू गर्नेछ ।
सोही योजना अनुसार कुन मितिबाट सुरु गरेर कहिलेसम्म सङ्कलन गर्ने भन्ने मिति तय हुनेछ । २०८२ फागुन २० गते १८ वर्ष उमेर पुगेका मतदाताले फागुन २१ मा हुने निर्वाचनमा मतदान गर्न पाउनेछन् ।
पोखरा: पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रति...
पोखरा: कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । &...
पोखरा: पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...

